शताब्दी पुरुष सत्यमोहन जोशी रहेनन्

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ ।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको हो । अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले जोशीको निधन भएको पुष्टि गरे ।

जोशी ७ असोजमा किष्टमा भर्ना भएका थिए । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । पछिल्लो समय उनमा डेंगु पनि पुष्टि भएको थियो ।