पवनदिपको तिम्रो हाम्रो भेट

काठमाडौं । गायन रियालिटी सो इन्डियन आइडल १२ का बिजेता पवनदीप राजनको पहिलो सोलो नेपाली गीत ‘तिम्रो हाम्रो भेट कहिले हुने हो ?’ सार्वजनिक भएको छ । गीतकार आनन्द अधिकारीको शब्द र शिखर सन्तोषको संगीत रहेको गीत म्युजिक नेपालको च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

कैलास स्टुडियो मुम्बईमा रेकर्ड गरिएको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ ।

भिडियोमा आकाश श्रेष्ठ र मल्लिका महतको अभिनय रहेको भिडियोमा निर्देशक भुषण दाहालको निर्देशन गरेका हुन् । डोरबहादुर कटुवाल र प्रकाश गोपलीको सिनेमाटोग्राफी, पदम तिमिल्सिनाको सम्पादन रहेको भिडियोमा राजु याक्चाको सह निर्देशन रहेको छ ।