श्रीलाई जिताउन र्‍यापबाट अपिल

काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको लागि स्वतन्त्र उम्मेदवारी दिएका युवा अभियन्ता श्री गुरुङलाई जिताउन ‘रअ बार्ज’ले ‘आत्मनिर्भर नेपाल ’ शीर्षकमा ‘श्री ५ र्‍याप कम्पिटिसन’ आयोजना गर्ने भएको छ । रअ बार्ज झन्डै एक दशकदेखि युवा पुस्ताबिच लोकप्रिय छ ।

उक्त प्रतियोगितामा जो कोहीले पनि भाग लिन सक्ने रअ बार्जले जनाएको छ । सहभागी हुनको लागी प्रतिस्पर्धीले दिइएको बिटमा ‘आत्मनिर्भर नेपाल’ शीर्षकमा र्‍याप गाएर इमेलमा पठाउन पर्नेछ । सहभागीमध्ये विजेताले १ लाख बराबरको डोमेस्टिक टुरिजम प्याकेज पाउनेछ जसबाट आन्तरिक पर्यटनलाई थप टेवा पुग्ने आयोजकको बिश्वास रहेको छ ।

पर्यटन नै समृद्धिको आधार, देशमा विकास र युवालाई रोजगार भन्ने मुख्य नाराका साथ श्री गुरुङ चुनावी मैदानमा छन् । यस अभियानलाई थप साथ दिन र साथै गीत संगीत मार्फत पनि देश र पर्यटनको प्रवर्द्धन गर्न सकिने भएकाले कम्पिटिसन आयोजना गरिएको रअ बार्जका संस्थापक कोलिन विक्रम राणाले बताए ।