नम्बरी सुनमा आमेष अनुबन्धित

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुने फिल्म ‘नम्बरी सुन’मा अभिनेता आमेष भण्डारी अनुबन्धित भएका छन् । बिहिबार निर्माण टिम र आमेषवीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो ।

निर्देशक गिरीका अनुसार फिल्मले ७ दशकअघिको ऐतिहासिक कथालाई प्रस्तुत गर्नेछ । मंसीर ७ गतेबाट फ्लोरमा जाने फिल्ममाबाट लामो समयपछि द्वन्द्व निर्देशक राजेन्द्र खड्गी कमव्याक गर्दैछन् ।

लमजुङको भुजुङ खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा छायांकन हुने फिल्मका लागि अन्य कलाकारको छनोट क्रम जारी छ ।

सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ । फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी र शान्तिश्री परियारलगायतको स्वर रहनेछ ।