मंसिर १६ मा पासो

काठमाडौं । बी.आर इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘पासो’को प्रदर्शन मिति तय गर्दै पोष्टर सार्वजनिक गरिएको छ । यो फिल्मलाई मंसिरको १६ गतेबाट देशभर रिलिज गरिने निर्माणपक्षले बताएको छ ।

आर.बी पुनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई भगवान भुजेलले निर्माण गरेका हुन् । फिल्ममा बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ सह–निर्माताको रुपमा छन् ।

फिल्ममा रिस्ता बस्नेत, सुनिशा बजगाँई, रामकुमार बास्ताकोटी, प्रतिक दुलाल र प्रनव आकाशको अभिनय छ । कन्टेन्ट थ्रिलर जनरामा निर्माण भएको यो फिल्मले दुई अत्यन्त मिल्ने साथीलाई एक अज्ञात अपराधिक समुहले अपहरण गरेपछि उनीहरुले बाँच्नका लागि गरेको संघर्षको कथालाई प्रस्तुत गरेको छ ।

यसैविच, यो फिल्मको नेट कलेक्शनको १५ प्रतिशत रकम धादिङमा निर्माण हुन गइरहेको ‘जीवन विज्ञान’ धाम निर्माणार्थ प्रदान गरिने जानकारी समेत यसका निर्माता भगवान भुजेलले गराएका छन् ।

रिच इन्टरटेन्मेन्टले यो फिल्मलाई काठमाडौंमा र एफडी कम्पनीले काठमाडौं बाहिर वितरण गर्नेछ ।