‘केःसाङ्ला’मा देखाइँदै लिम्बु संस्कृति

काठमाडौं । लिम्बु संस्कार र संस्कृतिलाई संरक्षण गर्न पूर्वमा फिल्म ‘केःसाङ्ला’ निर्माण गरिएको छ । फिल्मको केही दिन अघि मात्र छायांकन सकिएको छ । ६ वर्षपछि लिम्बु समुदायमा लिम्बु फिल्म निर्माण भएको हो । ‘केःसाङ्ला’ को अर्थ लिम्बू जातिको लोकप्रिय बाजा च्याबु्रङ (के) को बाँया भागमा हिर्काउने सामाग्री हो । यो फिल्ममा लिम्बु जातिको रहनसहन संस्कृतिलाई देखाउन खोजिएको निर्माण पक्षले जनाएको छ ।
फिल्मको छायांकन पूर्वको फिदिम, ताप्लेजङको सुकेटार, फुङलिङ, दोभान, नाल्बु, फङफङगे झरनालगायका ऐतिहासिक तथा धार्मिक स्थलमा गरिएको छ । लोकेन साँवाका लिम्बुको कथा, निर्माण र निर्देशन रहेको फिल्ममा भीम तुम्बाहाम्फे, लक्ष्मी लिम्बु, विशाल सेनेहाङ, याम्मनिङवा योङहाङ, मेनुका साउदेन, सनम् पहाङगु, कुमार सुब्बा, कुमार लिम्बु, महिमा लिम्बु, गंगा तुम्बाहाम्फेको अभिनय छ ।
फिल्ममा देवेन्द्र सूकेलीको पटकथा, भुपेन्द्र तुम्बाहाम्फेको छायांकन, दिनेश माङ्मुको कोरियोग्राफी र द हाइलेन्ड आर्ट तथा सिक्वेन्स फेसन हाउसको भेषभुषा रहेको छ ।