हिमाल सागरले ल्याए ए हो र माया

काठमाडौं । गायक हिमाल सागरले नयाँ गीत ‘ए हो र माया’ दर्शकमाझ ल्याएका छन् । करिब एक वर्षपछि उनी यो गीतका साथ श्रोतामाझ फर्किएका हुन् ।

यो गीतको भिडियोलाई भावना म्युजिक सेलुसन युट्युव च्यानलबाट रिलिज गरिएको छ । गीतको भिडियो उनले बिहिबार रिलिज गरेका हुन् । रिलिज भएको दोश्रो दिनमै दिनले तीन लाख भ्युज पाएको छ ।

यो गीत लोक पप शैलीको रहेको छ । पछिल्लो समय ‘लजालु मायालु’ गीतबाट निकै भाइरल भएकी अनु चौधरीले गीत गीतमा हिमाल सागरलाई स्वरमा साथ दिएकी छिन् ।

यो गीतलाई मोडल विमल अधिकारीले लेखेका हुन् । गीतमा संगीत पनि विमलले नै सृजना गरेका हुन् । जसमा संगीत संयोजन कमल सौरागको छ । यो गीतको भिडियोमा विमल अधिकारीसँगै सनिशा भट्टराईले अभिनय गरेका छन् ।

यो गीतको भिडियोलाई राजेश घिमिरेले छायाङ्कन गरेका हुन् । जसमा विकाश ज्ञवालीको सम्पादन छ । भिडियोको निर्देशन र कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् ।