हात्तीछापमा दयाहाङ अनुबन्धित

काठमाडौं । किरण नेपालीको निर्माणमा तयार हुन लागेको सामाजिक कथावस्तुको फिल्म ‘हात्तीछाप’मा नायक दयाहाङ राई अनुबन्धित भएका छन् । दयासँग निर्माणपक्षले बिहिबार कागजी सम्झौता गरेको छ ।

फिल्ममा सिमोस सुनुवारको निर्देशन रहनेछ । फिल्मका लागि अन्य कलाकार फाइनल गरिएको छैन । प्रदीप भारद्वाजको कथा मन पराएपछि ‘२ नम्बरी’का निर्माता किरणले ‘पोई पर्यो बुढो’लाई पोष्टपोन्ड गर्दै यो कथामा फिल्म बनाउन लागेका हुन् ।

दयाले किरणसँग फिल्म ‘२ नम्बरी’मा सहकार्य गरेका थिए । यो फिल्म बक्स अफिसमा सुपरहिट भएको थियो । नयाँ फिल्मको छायांकन चैत्रबाट सुरु गर्ने योजनामा निर्माणपक्ष छ ।