काठमाडौं । काव्या अधिकारीले ‘किड्स ग्लायम नेपाल’को उपाधि जितेकी छन् । उनले राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको कार्यक्रममा यो उपाधि जितेकी हुन् । ९ वर्षकी काव्याले मुख्य उपाधिसहित अन्य उपाधि पनि सुरक्षित गरिन् ।
राइजिङ नेपाल क्रियशनले आयोजना गरेको प्रतियोगितामा फष्ट रनरअपमा सुमरिना श्रेष्ठ भइन् । प्रतियोगितामा ‘मिष्टर एण्ड मिस टिन ग्लायम नेपाल’का विजेता पनि घोषित गरिएको थियो । ‘मिस टिन’को उपाधि दिव्या तामाङले चुम्दा ‘मिष्टर’तर्फ योगेश शर्मा विजेता बने ।
मिष्टरतर्फ फष्ट रनरअप दिसन राई हुँदा मिसतर्फ दिप्सना विष्ट भइन् । यस्तै अर्गेनाइजर च्वासमा भूमिका राई भइन् भने ब्राण्ड एम्बेसडर श्रेया तुलाचन बनिन् ।
विजेतालाई प्लस टुसम्म अध्ययनका लागि एक लाखको छात्रावृतिसहित विभिन्न पुरस्कार गिफ्ट हृयापर र ताज प्रदान गरिएको थियो । प्रतियोगिताका सिइओ सागर मगरका अनुसार प्रतियोगीलाई विभिन्न तालिमसहित अन्तिम प्रतिस्पर्धामा उतारिएको थियो । प्रतियोगिताको कोरियोग्राफर अश्रु महर्जन थिइन् ।