क्वारेन्टाइनमा लेखिएको सुशान्तको हावाले सार्वजनिक

काठमाडौं । गायक सुशान्त केसीको नयाँ गीत ‘हावाले’ सार्वजनिक भएको छ । सुशान्तकै शब्द तथा संगीत रहेको यो गीतलाई उनले ६ महिना लगाएर तयार पारेका हुन् । गीतमा फोइसिलको मिक्सिङ तथा मास्टरिङ छ ।

गायक केसीका अनुसार यूकेमा भएको जोन फेस्ट २०२२ मा आफ्नो प्रस्तुती दिएर नेपाल फर्किएपछि उनले यो गीत लेखेका हुन् । ‘यूकेबाट फर्किएपछि मलाई कोभिड देखियो । त्यसपछि म दोहामा सात दिन क्वारेन्टाइनमा बसें । त्यो बेला मसँग ल्यापटप थियो । त्यही ल्यापटपमा गीतका लागि बीट खोज्न थालें । ल्यापटपमा संगीत राखेपछि मैले गीत लेख्न थालें’, उनले भनेका छन् ।

उनले अक्टोबरमा अष्ट्रेलिया टुर पुरा गरेपछि फोइसिलको स्टुडियोमा पुगेर गीत रेकर्ड गराएका थिए । यो गीतको छायांकन पोखरामा गरिएको हो । भिडियो स्टिलर स्टुडियोले बनाएको हो ।