मायाको बन्धन योमा पुष्प र सुमित्रा

काठमाडौं । गायक प्रताप दास र गायिका कविता श्रेष्ठको स्वरमा रहेको गीत ‘मायाको बन्धन यो’ सार्वजनिक भएको छ । गीतमा राजेशकुमार श्रेष्ठको शब्द, एलिस कार्कीको संगीत र बाबु प्रधानको एरेन्ज छ ।

ओएसआर डिजिटलको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा पुष्प खड्का र सुमित्रा पौडेल फिचर्ड छन् ।

गीतको भिडियो चितवनको झरना जलभिरे लगायतका विभिन्न स्थानमा खिचिएको छ । भिडियोमा ओम प्रसाईको छायांकन र सम्पादन तथा सन्दिप भुजेलको निर्देशन छ ।