बालबालिकामाझ सबिनाले मनाइन जन्मदिन

काठमाडौं । मिस नेवाः नेपाल सविना बज्राचार्यले बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेर आप्mनो जन्म दिन मनाएकी छन् । बज्राचार्यले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा एकता फाउन्डेसन नेपालका ५० दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाएकी हुन् ।

कार्यक्रममा मिस नेवाः नेपालको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धर, लायन्स क्लब अफ डिस्ट्रीकका जोन चियर पर्सन अशोककुमार श्रेष्ठ, मिस नेवाः नितु डंगोल, मिस नेवाः कृषा महर्जन, मिस नेवाः सलिना महर्जन, मिस नेवाः प्रिया तण्डुकार, प्रदिका महर्जन, समाजसेवी सुरबहादुर श्रेष्ठ, समाजसेवी अनु उर्मिला शेरचनलगायत सहभागी थिए ।

बज्राचार्यले फजुल खर्च गरेर जन्म दिन मनाउनुको साटो बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेर जन्म दिन मनाउँदा भिन्दै आनन्द प्राप्त भएको बताइन् ।