मुम्बई(एजेन्सी) । बलिउडमा प्रतिभावान कलाकारको नाम लिँदा अभिनेता नवाजुद्दीन सिद्दीकी छुट्दैनन् । सानो–तिनो सहायक चरित्रबाट फिल्मी करियर सुरुवात गरेका उनले हलिउड फिल्म ‘लक्ष्मण लोपेज’मा देखिँदैछन् । उनले हलिउड फिल्ममा सानो भूमिका कहिल्यै नगर्ने खुलाएका छन् ।
‘मैले उद्योगमा कैयौं सानो भूमिका निभाएको छु । मैले आफ्नो मेहनत र लगनले यो सफलता पाएको छु । आजको समयमा यदी कोही विदेशी फिल्म मलाई सानो भूमिकाका लागि प्रस्ताव गर्छन् भने म त्यसमा काम गर्दिनँ । चाहे निर्माताले मलाई २५ करोड रुपैंयाँ नै दिए पनि म त्यो सानो भूमिका गर्दिनँ । मलाई लाग्छ आफ्नो कामलाई राम्रो बनाउनुपर्छ । यदी तपाईं राम्रो काम गर्नुहुन्छ भने अवसर तपाईंलाई खोज्दै आउनेछ’, नवाजुद्दीन भन्छन् ।
‘लक्ष्मण लोपेज’को निर्देशन प्रख्यात निर्देशक रिबर्टो जिराल्टले गर्दैछन् । नवाजुद्दीन फिल्म ‘हड्डी’मा देखिँदैछन् । जसमा उनले एक किन्नरको भूमिका निर्वाह गरेका छन् ।