भष्मे डनमा विपिनको जोडी स्वस्तिमा

काठमाडौं । निर्देशक दीपेन्द के खनालको निर्देशनमा निर्माण हुने फिल्म ‘भष्मे डन’को मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । आइतबार निर्माण टिम र अभिनेत्री खड्काबीच लिखित सम्झौत भएको हो ।

फिल्म दीपेन्द्र र खगेन्द्र लामिछानेले मिलेर निर्माण गर्दैछन् । फिल्ममा स्वस्तिमा बिपिन कार्की अर्थात ‘भष्मे डन’को अपोजिटमा प्रस्तुत हुनेछिन् । फिल्ममा सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरेलगायतको पनि अभिनय रहनेछ । सौगात मल्लसँग लिखित सम्झौता नभए पनि मौखिक सहमति भइसकेको निर्देशक खनालले जानकारी दिएका छन् ।

‘पशुपति प्रसाद’को चर्चित पात्र ‘भष्मे डन’माथि ‘स्पिनअफ’ निर्माण हुन लागेको हो । ‘पशुपति प्रसाद’मा पशुपतिको चरित्र निभाएका खगेन्द्र भने फिल्मको पर्दामा देखिने छैनन् । ‘पशुपति प्रसाद’मा पशुपति मरेपछि फिल्म सकिएको थियो । ‘पशुपति प्रसाद’मा विपीनले गरेको क्यारेक्टर ‘भष्मे डन’ लोकप्रिय भएको थियो । फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका छन् ।

आगामी फागुन १२ गतेदेखि पशुपतिनाथ मन्दिर वरपर फिल्मको छायांकन हुनेछ । ‘पशुपति प्रसाद’पछि दीपेन्द्र र खगेन्द्रले सहकार्य गर्न लागेका हुन् । आगामी दशैं सिनेमा रिलिज गर्ने योजना छ ।