तिमी नहुँदामा मलिका र कुन्साङ

काठमाडौं । गायिका डा त्रिशाला गुरुङ्गको स्वरमा ‘तिमी नहुदा’ बोलको गीत सार्वजनिक भएको छ। द्रिप चाम्लिङ्गको शब्द रचना रहेको गीतमा महेश खड्काको संगीत रहेको छ । द्रिप लामो समयबाट शब्द रचनामा रहेका छन्। उनि युनाइटेड एकेडेमी र स्कुलका संचालक समेत रहेका हुन्।

राजेश पुमा राईको निर्देशनमा तयार भएको भिडियोमा मलिका महत र कुन्साङ्ग बोम्जोन फिचर रहेका छन् । माथिल्लो मुस्ताङ्गमा खिचिएको भिडियो निकै आकर्षक बनेको छ। उत्सव दाहालले खिचेको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका छन्।