समुन्द्रको गुलाबीमा फरक नाजिर

काठमाडौं । अभिनेता नाजिर हुसेनको मुख्य अभिनय रहेको फिल्म ‘गुलावी’को पहिलो पोस्टर सार्वजनिक भएको छ । महिला निर्देशक समुन्द्र भट्टको निर्देशनमा तयार फिल्ममा अभिनेता नाजिर हुसेन ट्रान्सवुमनको भुमिकामा देखिएका छन ।

सार्वजनिक पोष्टरमा नाजिरलाई गाजल टिकी र नथिया लुकमा गम्भिर भएको देख्न सकिन्छ । नेपालमा पहिलो पटक पूर्ण रुपमा ट्रान्स स्टोरीमा निर्मित यस फिल्मका लागि नाजिरले १६ केजी तौल समेत घटाएका छन ।

निकट भबिस्यमै रिलिज हुने फिल्ममा नाजिर गुलावी पात्रको मुख्य भूमिकामा देखिनेछन भने अभिनेत्री संचिता लुइँटेलका साथमा सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी लगायतका कलाकारको पनि अभिनय छ ।

द स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित गुलावीलाई आलोक शुक्लाले छायांकन गरेका हुन भने संगीत भने लेखु सहयात्री र सान भुषालले भरेका छन ।