काठमाडौं। गायक तथा संगीतकार कन्हैया सिंह परियारले नयाँ गजल गीत ुअचानकु सार्वजनिक गरेका छन् । तीनदशक देखी सांगीतिक क्षेत्रमा सक्रिय परियारको उक्त गीतको भिडियो बिहीबार काठमाडौंको मैतीदेवीस्थित डोरी रेष्टुराँमा एक कार्यक्रमका बिच प्रिमियर गरियो ।
गीतमा गीतकार डा। कृष्णहरि बरालका शब्द र संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ । कार्यक्रमका प्रमुख अतिथि संगीतकार शम्भूजीत बासकोटाले गजल गीतको प्रसंशा गरे । उनले गजलका शब्द, संगीत संयोजन र गायकीको खुलेरै प्रसंशा गरेका थिए ।
गायक परियारले गजलको बोलबारे प्रष्ट पारे । गीत अचानक भएपनि करिव तीन वर्षको मेहनतपछि यो संगीत पारखीमाझ आउन सफल भएको बताए । राजु कार्की उक्त गजलका संगीत संयोजक हुन् ।
उक्त गजलको भिडियोमा गजित विष्ट र अञ्जली अधिकारीले अभिनय रहेको छ । सुबोल थापाको कोरियोग्राफी रहेको यो भिडियोको छायांकन बुद्ध थापाले गरेका छन् भने नबिन निरौला यसका सम्पादक हुन् । गम्भिर विष्टको निर्देशनमा तयार भएको भिडियोमा गायक परियारलाई पनि फिचर गरिएको छ ।उक्त गजलको भिडियो कन्हैयासिंह परियारको युटुव चयानलमा हेर्न सकिन्छ ।