छड्के २ मा अनमोल क्रेज

काठमाडौं । अनमोल केसी स्टारर नेपाली सिनेमा ‘छड्के–२’ रिलिजको संघारमा छ । फागुन १९ गते रिलिज हुने चलचित्रको मुख्यभूमिकामा अनमोल केसी छन् । अनमोल केसी मुख्य भूमिकामा रहेकाले पनि यो चलचित्र प्रतिक्षित बनेको छ । अनमोलको स्टारडमकाकारण पनि सिनेमा प्रतिक्षित बनेको हो । अनमोल नेपाली सिने कलाकारमा सबैभन्दा लोभलाग्दो क्रेज भएका नायक हुन् । त्यसैले उनकाहरेक चलचित्र दर्शकमाझ प्रतिक्षित बन्ने गरेका छन् ।

ग्याङस्टरको कथा भन्ने सिनेमा ‘छड्के–२’ले तीनवटा ग्याङ रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथा भन्छ । जसकोउद्धेश्य मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट प्राप्त धन आर्जन गर्नु हो । तीनवटा ग्याङमध्ये एउटा ग्याङको नेता अनमोल केसीहुन् । जसको शरीरभरी ट्याटु हुन्छ । हातमा हमेसा खुँडा हुन्छ । बुलेट बाइक चढ्ने उनले आफ्नो ग्याङको नेतृत्व शानका साथ गरिरहेकाअहिलेसम्म बाहिर आएका सिनेमाका कन्टेन्टले देखाएका छन् ।
रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको लडाइँ दर्शकले फागुन १९ मा देख्ने छन् । ग्रीन ग्याङको नेता अनमोल छन् । उनीमेनडगको भूमिकामा छन् । अनमोलको यो पहिलो ग्याङस्टर सिनेमा हो । यी तीनवटा ग्याङमध्ये कसले जित्छ र यार्सागुम्बुमा आफ्नोपकड जमाउँछ त्यो भने हेर्न बाँकी नै छ ।

सिनेमामा मनाङको सुन्दर पठार देखिने छ । यो सिनेमामा प्राकृतिक स्रोतको उपयोग र दोहनमा हुने लुछाचुँडीसँगै नेपालका उच्च हिमालीभेगको सुन्दरता पनि देखिने छ ।

निगम श्रेष्ठको निर्देशक रहेको सिनेमाका लेखक पनि उनी स्वयं हुन् । “स्थानीयस्तरमा प्राकृतिक स्रोतको उपयोग र त्यसको दुरुपयोगकसरी भइरहेको छ भन्ने यो सिनेमाले देखाउँछ । हामीले मनाङ पुगेर यार्सागुम्बुको कथा भनेका छौँ, यो त एउटा प्रतिनिधि घटनामात्रै हो,” निर्देशक श्रेष्ठ भन्छन्, “देशका हरेक प्राकृतिक स्रोतमा स्थानीयस्तरमा यस्तै लडाइँ झगडा हुने गरेको छ । आआफ्नो ग्याङ बनाएर त्यस्तोस्रोत हत्याउने काम भइरहेको छ । यस्ता ग्याङले कहाँबाट कसको सहयोग पाउँछन् र चोखिन्छन् त्यो पनि केही हदसम्म हाम्रो सिनेमालेदेखाउने छ ।” यीनै ग्याङ जसले निर्वाचनमा नेताहरूले आफ्नो जितका लागि प्रयोग गर्छन् । जसका कारण उनीहरुको संरक्षण गर्नुउनीहरुको नैतिक धर्म पनि हो । त्यसैले नेताकै आडमा यस्ता समूहले समाजमा गुण्डागर्दी गर्ने गरेको बताउने निगम यही कथा सिनेमालेभन्ने बताउँछन् ।सिनेमाको ट्रेलर यही बुधवार सार्वजनिक हुदै छ ।

सिनेमामा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी, कुमार घलानलगायत कलाकारको अभियन छ ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको सिनेमामा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी÷लोकेश बज्राचार्यको सम्पादन छ । निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता छन् ।कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।