निर्मलले ल्याए पागल

काठमाडौं । गायक निर्मल दाहालको नयाँ गीत ‘पागल’ सार्वजनिक भएको छ । धिरज क्षेत्रीको शब्द तथा संगीत रहेको उक्त गीतलाई पिगि प्रोडक्सनका प्रमोद परियारले संगीत संयोजन गरेका हुन ।

गीतलाई अमेरिकाका विभिन्न ठाउँमा छायांकन गरिएको छ । गीतको भिडियोमा दि मन्डला डान्स स्टुडियोका कलाकारहरु सुरज श्रेष्ठ , सुस्मिता के सी, सुशान्त महर्जन, सेमाङ बोस लगायतको अभिनय रहेको छ ।

रबिन बिक्रम कार्की र पेम्बा मोक्तानले छायाङ्कन गरेको उक्त भिडियोमा लोकेन्द्र सुब्बाको सम्पादन र सुरज श्रेष्ठको निर्देशन छ ।

यस अघि ‘जब घाम ढल्छ’ र ‘अचेल’ बोलको गीतको भिडियो निकाली सकेका निर्मल दाहालले आफ्नै यु टुब मार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन ।