कर्मा र बबिताको आँखों से कह दो

काठमाडौं । गायक कर्मा ग्याल्जेन बोम्जन र गायिका बबिता मानन्धरको स्वरमा रहेको हिन्दी गीत ‘आँखों से कह दो’ सार्वजनिक भएको छ ।

बेलायत बस्दै आएका संगीतकार तथा गीतकार विदेहमणि उपाध्यायको शब्द, संगीत रहेको प्रेमिल शैलीको यस गीतलाइ डेनियल गदालको एरेन्ज गरेका हुन् ।

आयुष खड्का र एन्जिला बानियाको रोमान्टिक अभिनय रहेको गीतको भिडियोमा युवा निर्देशक अनुप चापागाईको निर्देशन छ । बुद्ध थापाको सिनेमाटोग्राफी गरेको ,भिडियोमा विकास दाहालको सम्पादन रहेको छ ।

भिडियोलाई रहिल अहमद अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।