टिकाले ल्याए नौ डाँडा पारी २

काठमाडौं । साङ्गीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाको स्वरमा रहेको ‘नौ डाँडा पारी २’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोक सेलो बिटको मिश्रण रहेको यस गीतलाई हाल अस्ट्रेलियाको तास्मानिया बसोबास गर्दै आइरहेका संगीतकार टिका दहालले संगीतबद्ध गरेका छन् ।

टाढा रहेका दुई प्रेमीहरुको सम्झना र कल्पनालाई समेटिएको यस यस गीतमा गीतकार रमेश दहालको शब्द छ । गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा अभिनेत्री मल्लिका महत र अनुज गुरुङ बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। चित्लाङ वरपरका रमणीय दृश्य समेटिएको यस गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन्।

भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो टिका दहाल म्युजिक नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।