एकल महिलाप्रति आफू गयौ नेटो काटी

काठमाडौं । एकल महिलाप्रति समर्पित ‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्यकार राम लामा ‘अविनाशी’द्वारा निर्मित तथा कलाकार एवं निर्देशक आकाश अधिकारीद्वारा निर्देशित भिडियो बिहीबार राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष विद्याकुमारी सिन्हाले सार्वजनिक गरिन् ।

कार्यवाहक अध्यक्ष सिन्हाले महिलाप्रति हुने विभेद अन्त्य गर्दै समाज रुपान्तरणका लागि ‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियोबाट सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

त्रिभुवन विश्वविद्यालयका प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले समाजमा भोगिरहेका घटनाबारे गीतले वर्णन गरेको बताए । गीतका निर्देशक अधिकारीले शब्दमा नभई व्यवहारमा महिलालाई सम्मान गरेमात्र समाजप्रतिको दायित्व बढ्ने बताएका थिए । गीतमा अञ्जु पन्तको स्वर रहेको छ भने भिडियोमा आकाश अधिकारी र उमा गिरीले अभिनय गरेकी छिन् । गीतमा राम लामा ‘अविनाशी’को लय तथा शक्ति बल्लवको सङ्गीत रहेको छ ।