प्रसुनलाई जर्जियामा उपाधि, राष्ट्रपतिद्वारा सम्मान

काठमाडौं । जर्जीयाको राजधानी तिबिलिसीमा हालै सम्पन्न वर्ल्ड राइजिङ स्टार–२०२३ शीर्षकको प्रतियोगितामा नेपालका बाल गायक प्रसुनजंग पोखरेल विजयी भएका छन् ।

उक्त प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व जनाएका पोखरेलले राष्ट्रिय पोसाक टाइटल पनि जितेका छन् । उक्त प्रतियोगितामा विजयी भएर स्वदेश फर्किएका पोखरेललाई शनिबार शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा नेपालको नाम चिनाउने काम गरेकोमा वधाइ ज्ञापन गर्दै शुभकामनासहित अवार्ड हस्तान्तरण गरिन् ।

कार्यक्रममा ब्राइट फ्युचर सेकेन्डरी स्कुलका सिईओ मोहन कार्की, मिस मंगोल २०१८ जाङ्मु इन शेर्पा तथा परिवर्तन इभेन्ट हाउस निर्देशक राज बराइली को सहभागिता रहेको थियो ।

थाइल्यान्डमा आयोजित टीन स्टार इन्टरनेशनल २०२२ प्रतियोगितामा फोर्थ रनर्स अप भएका पोखरेल ब्राइट फ्युचर सेकेन्डरी स्कुलमा कक्षा ९ मा अध्ययनरत छन् ।

प्रसुन डीएसए सिंगिङ स्टार २०१९ का विजेता हुन् । परिवर्तन इभेन्ट हाउसद्वारा राजधानीमा आयोजित नृत्य, गायन र अभिनय सम्बन्धी प्रतिस्पर्धा डी एस ए स्टार २०१९ मा विजेता भएपछि नेपालको प्रतिनिधित्व गर्दै पोखरेल जर्जिजा पुगेका थिए । त्यहाँ उनले ४२ देशका प्रतिस्पर्धिहरुसंग प्रतिस्पर्धा गरेका थिए ।