काठमाडौं । लिम्बु समुदायमा प्रचलित जारी प्रथाको कथावस्तु समेटिएको फिल्म ‘जारी’को ट्रेलर सार्वजनिक भएको छ । आगामी वैशाख १ गतेबाट रिलिज हुने फिल्मको ट्रेलरमा दयाहाङ राई र मिरुना मगरबीचको द्वन्द्वलाई देखाइएको छ ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्ममा रोयदीप, विजय बराल, कमलमणि नेपाल, प्रेम सुब्बा, पुष्कर गुरुङलगायतको पनि अभिनय छ ।
फिल्मको निर्माता रामबाबु गुरुङ हुन् । फिल्मको ट्रेलर हेर्दा नविन सुब्बा निर्देशित फिल्म ‘नुमाफुङ’को झल्को दिन्छ ।