बुलाकीको दुनियाँलाई सम्झाइ देउ न

काठमाडौं । फिल्म ‘बुलाकी’को लिरिकल गीत ‘दुनियाँलाई सम्झाई देउ न’ सार्वजनिक भएको छ । अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भुमिका रहेको गीतमा नरेन, सुरक्षा र डेव्यु अभिनेता बिराज बिष्ट फिचर्ड छन् ।

सविन सेञ्चुरी र बादल थापाको शब्द रचना तथा संगीत रहेको सार्वजनिक गीतमा बादल थापाको स्वर छ । टोपेन्द्र विष्टले निर्माण गरेको फिल्ममा लक्ष्मण सुनारको निर्देशन छ । आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने फिल्ममा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई देखाइएको छ ।

फिल्ममा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइ, प्रकाश कँडेल र सरस्वती खत्रीको अभिनय छ ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व।मोति बिष्टको प्रस्तुति रहेको फिल्ममा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, राजबहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ ।

फिल्म डोल्पा, जाजरकोट र रुकुम पश्चिमलगायतका स्थानमा खिचिएका छन् ।