नमस्ते इन्टरटेनमेन्टले किन्यो शोभितको जय हो

काठमाडौं । शोभित बस्नेतको प्रस्तुतिमा निर्माण हुने फिल्म ‘जय हो’को छायांकन अगावै विदेश राइट्स बिक्री भएको छ । नमस्ते इन्टरटेनमेन्टले फिल्मको विदेश राइट्स किनेको हो । अब फिल्म नेपाल बाहिर रिलिज गर्न चाहनेले नमस्ते इन्टरटेनमेन्टसँग सम्पर्क गर्नु पर्नेछ ।

देव कार्की सञ्चालक रहेको यो कम्पनीले यसअघि हाल प्रदर्शनरत छक्का पञ्जा ४ र दुई नम्बरी, कबड्डी कबड्डी कबड्डी, आमाका साथै आगामी चैत्र २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म प्रसाद २ को अष्ट्रेलिया राइट्स किनेको थियो ।

टेक पौरखी राईको निर्देशन निर्माण हुने फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकरी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ अथिती कलाकारमा रोहित रुम्बा लगायतको अभिनय रहेको छ ।

फिल्मको द्धन्द्व निर्देशनमा सम्राट बस्नेत, कोरियोग्राफीमा कबिराज गहतराज र रामजी लमिछाने, सम्पादनमा बनिश शाह, रहेका छ्न, भिएफएक्स समीर मियाँ छन् ।

फिल्म चैत्र ११ बाट फ्लोरमा गएको छ । फिल्मको यतिबेला पोखराको विभिन्न स्थानमा छायांकन भइरहेको छ भने फिल्मको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिनेछ । सुरेश न्यौपानेको कथा लेखन रहेको सिनेमामा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहने सिनेमा आगामी भाद्र ८ अर्थात अगष्ट २५ मा रिलिज गरिने निर्माण टिमले जानकारी गराएको छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् । अधिकारी र सरकार जय हो विजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।