दीपेन्द्रको नांगो गाउँ धमाधम

काठमाडौं । निर्देशक दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथानचोक गाउँपालिकामा धमाधम भैरहेको छ । चैत्रको १० गतेबाट सुरु भएको छायांकन ३५ दिनसम्म चल्ने निर्देशक लामाले जानकारी दिए । फिल्मको छायांकनमा मुख्य कलाकारहरु दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर वाङ्देल व्यस्त छन् ।

निर्माणपक्षले उपलब्ध गराएको तस्वीरमा दयाहाङ राई र शिशिर गफ गर्दै गरेको देख्न सकिन्छ । यस्तै, नायक कार्म नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्टिक देखिएका छन् । फिल्ममा वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यस्तै, फिल्मकी मुख्य नायिका मिरुना मगरको भने दृश्य छायांकन नभैसकेको निर्देशक लामाले जानकारी दिए ।

मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण भैरहेको यो फिल्मलाई हिमाल शर्माले लगानी गरेका हुन् । फिल्ममा आलोक शुक्लाको छायांकन छ ।

निर्देशक लामाले निर्देशन गरेको ‘२ नम्बरी’ यो बर्षको सुपरहिट फिल्म हो । उनले ‘घामपानी, गोपि, छ माया छपक्कै’ लगायतका फिल्म पनि निर्देशन गरिसकेका छन् । लामाको फिल्ममा समाजमा देखिएको कुनै एक बिषयलाई प्रस्तुत गरिएको हुन्छ ।