मिलनले ल्याइन् हेरेको तिमीलाई

काठमाडौं । गायिका मिलन नेवारको स्वरमा रहेको गीत ‘हेरेको तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विष्णुबाबु देवकोटाको शब्द, टिका दाहालको संगीत तथा राहुल प्रधानको संगीत संयोजन छ । भिडियो टिका दहाल म्युजिक नामक युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।

गीतमा युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको छ । भिडियोमा मोडल सिम्पल खरेल र मोडल कुन्साङ बोम्जन फिचर्ड छन् ।

उत्तम हुमागाईको छायांकन रहेको भिडियोमा हरि हुमागाईंको सम्पादन तथा सिम्पल खरेलको निर्देशन छ ।