जापान नेपाल अवार्ड हुँदै

काठमाडौं । केटीएम अनलाईन टेलिभिजन तथा साङ्गेन कम्पनीले ‘जापान, नेपाल फिल्म तथा बहुभाषिक म्यूजिक भिडियो अवार्ड २०२३’ को आयोजना गर्ने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले अवार्डबारे जानकारी दिएको हो ।

कम्पनीका दीपजोन गुरुङले नेपाली फिल्म तथा बहुभाषिक म्यूजिक भिडियोअन्तर्गत बहुविधामा पुरस्कार दिने, अग्रज कलाकारलाई सम्मान गर्ने र नेपाली फिल्म तथा बहुभाषिक म्यूजिक भिडियोको प्रवद्र्धन गर्ने उद्देश्यले अवार्ड आयोजना गर्न लागेको बताए ।

उनकाअनुसार नेपाली फिल्म तथा बहुभाषिक म्यूजिक भिडियोको अवलोकन पश्चात छनोट भएका कलाकारलाई नाकानो कु, नाकानो २–९–७ टु १६४–००१ टोकयो जापानमा पुरस्कृत गरिने छ ।

गुरुङले अवार्डमा एकजनालाई दीर्घ साधना सम्मान प्रदान गरिने बताए । अवार्डमा फिल्म तथा म्यूजिक भिडियोतर्फ उत्कृष्ट नायक र नायिका, उत्कृष्ट निर्देशक, गायक र गायिका, उत्कृष्ट छायाँकार, गीतकार, संगीतकार, कम्पोजर, एडिटर तथा अन्य प्राविधिक क्षेत्रका सर्जकलाई पुरस्कार प्रदान गरिने छ ।

बहुभाषिक म्यूजिक भिडियो तर्फ पनि उत्कृष्ट नायक र नायिका, मोडल, गीत, संगीत, गायक र गायिका, संगीतकार, एरेञ्जर, सम्पादन, कोरियोग्राफि, पोष्ट पोडक्टशन, मेकअप, हेयर तथा विधागत पुरस्कारद्वारा पुरस्कृत गरिने छ । तोकिएका पुरस्कारहरू निर्णायक समितिले सिफारिस गरे बमोजिम हुने छ । निर्णायक समितिको सिफारिस र निर्णय नै अन्तिम निर्णय हुने आयोजकको भनाई छ ।

अवार्ड आयोजक टिममा राजेन्द्र केसी, सरस्वती थापा ‘साहरा’, रिसप घिमिरे, डा. भक्त राई र अनिल कुमार अधिकारी रहेका छन् । नेपाल तथा जापानको संयुक्त संस्कृतिक कार्यक्रमको प्रस्तुति सहित मिति २०८० बैशाख ३० गते तदनुसार १३ मई २०२३ का दिन जापानमा हुने कार्यक्रममा पुरस्कृत कलाकार, स्रष्टा, सर्जक तथा सम्मानित कला साधकहरूलाई सम्मान अर्पण गरिने छ । चलचित्र तथा बहुभाषिक म्यूजिक भिडियो निम्न ठेगानामा पठाउन सकिने छ । चलचित्र तथा बहुभाषिक म्युजिक भिडियो निम्न ठेगानामा पठाउन सकिने छ ।