पुष्पन र रचनाको के भनौं र खैं

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका रचना रिमालको स्वरमा ‘के भनौं र खैं’ बोलको गीत सार्वजनिक भएको छ ।

बाबुल गिरीको शब्द तथा संगीतमा तयार भएको यो गीतलाई रोमान्टिक रुपमा तयार पारिएको छ ।

भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा माइकलले २ जोडीको प्रेमकथा प्रस्तुत गरेका छन् । नरेन्द्र शाहको निर्माणमा तयार भएको यो म्यूजिक भिडियोमा उषा उप्रेती, रमेश विश्वकर्मा, विना राउत र सरोज राजा प्रजाको अभिनय छ ।

झगडा गरेका उषा र रमेशको जोडीले विना र सरोजको जोडीको भिडियो हेरेपछि मिलेको कथालाई निर्देशक चन्दले डान्सिङ नम्बरसहित प्रस्तुत गरेका छन् ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।