काठमाडौं । गीत ’मरिहत्ते’ लाई दर्शकले मन पराएका छन्। गीत सार्वजनिक भएको एक महिना नपुग्दै युट्युबमा दश लाखबढी भ्युज भएपछि गायक तथा अभिनेता सचिन रौनियारले दर्शकलाई धन्यवाद दिएका छन् ।
‘गायनसँगै अभिनेताको रूपमा पाएको यो मायालाई व्यक्त गर्ने शब्द म सँग छैन। यो मायाले आगामी दिनको लागि हौसला मिलेको छ’, गायक रौनियारले भने,‘गीतसङ्गीतमार्फत मात्र नभई आफ्नो गीतमा शब्दलाई व्यक्त गर्ने कोसिश अभिनयमार्फत समेत गर्नेछु।’
गीतमा गायक रौनियारलाई अभिनयमा अभिनेत्री नीता ढुंगानाले साथ दिएकीछिन्। सचिनलाई गायनमा बेनिशा पौडेलले साथ् दिएकीछिन भने गीतमा शब्द र संगीत सन्तोष सुनारको रहेको छ। ‘गीतलाई तयार झन्डै दुई महिना लाग्यो। सङ्गीत तयार भएपछि सुहाउँदो आवाज खोजेर अडियो तयार गरिएको हो’, सङ्गीतकार सुनारले भन्नुभयो। निकेश खड्काद्वारा निर्देशित भिडियोमा आर्थिक अवस्था कम्जोर रहेको दम्पतिको कथा देखाईएको छ। बच्चालाई जीवनको अमुल्य सपना बनाएका दम्पतिले स्वास्थ्यसमस्या, सामाजिक सङ्घर्ष र जीविकोपार्जनलाई कथामा समेटिएको छ। भिडियोमा हरी हुमागाईंले छायाङ्कन र विकास धमलाको सम्पादनले गर्नुभएको छ।
छ भनौ कि छैन भनौ, यो वनमा छैन क्यारे न्याउली कराउदिन, ए कान्छी, ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, आफ्नो मान्छे लगायतका गीतमार्फत गायक रौनियार सङ्गीत प्रेमी माँझ स्थापित छन्।