कैदीको पत्रको घरै बसुँ पिरै पिर हो

काठमाडौँ । नेपाली फिल्म ‘कैदीको पत्र’को गीत ‘घरै बसुँ पिरै पिर हो’ सार्वजनिक भएको छ। बैशाख १५ गतेबाट देशभर रिलिज हुने यो फिल्मको सार्वजनिक गीतमा यसका प्रमुख कलाकारहरु पृथ्वीराज खत्री, कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस फिचर्ड छन् । यस गीतमा सनमकुमार बैरागको शब्द र बिनम्र कर्माचार्यको संगीत तथा अभिषेक कार्कीको स्वर रहेको छ।

स्कटल्याण्डमा छायांकन गरिएको फिल्ममा सनमकुमार बैरागको निर्देशन छ । प्रेम र रोमान्सको कथामा बनेको फिल्मले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको निर्देशक बैरागले बताए । फिल्मको पटकथा तथा संवाद पनि निर्देशक बैरागले नै तयार पारेका हुन्। साहित्यकार स्व. इश्वर मानन्धरले लेखेको कथा ‘कैदीको पत्र’मा आधारित रही यो फिल्म बनाइएको हो ।

फिल्ममा कुनाल र म्याडिसनका अलावा सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटीलगायतको अभिनय छ । दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी निर्माता हुन् । रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, रामेश्वर कार्कीको छायांकन, अर्जुन जीसीको सम्पादन र यासिन एनचौबीको रंग संयोजन छ ।

फिल्ममा सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको संगीत, प्रताप दास, अन्जु पन्त, सागर आले, प्रविशा अधिकारी, शुभानी मोक्तान र अभिषेक कार्कीको स्वर छ । फिल्मको मार्केटिङ श्रित फिल्म्स एण्ड इन्टरटेनमेन्टले गरेको छ भने काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।