बबिनाको आमा मेरी आमा

काठमाडौं । मातातीर्थ औशीको पूर्वसन्ध्या पारेर गायिका बबिना भट्टराईले ‘आमा मेरी आमा’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छन् । गीतमा एलपी शर्मा भेटवालको शब्द तथा बबिनाकै संगीत छ ।

गीतमा देवेन्द्र नेवाको एरेन्ज र प्रकाश मिश्रको मिक्सिङ तथा मास्टरिङ छ । भिडियोमा गायिका बबिना नै फिचर्ड छिन् । भिडियोमा सुरेन्द्र श्रेष्ठ र राजेन्द्र अधिकारीको निर्देशन, सुरेन्द्र र राजेन्द्रकै छायांकन, नोरेन श्रेष्ठको छायांकन र राजेन्द्रकुमार अधिकारीको प्रोडक्सन छ ।

भिडियो रिबु राइम्स–नेपाली एण्ड नेपाली किड्स सङ्सबाट रिलिज भएको हो ।