शंकरको तिम्रो गाउँमा आउँदैछु

काठमाडौंँ । गायक डिबी खड्काको नयाँ लोकदोहोरी गीत ‘तिम्रो गाउँमा आउदैछु’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायनमा खड्कालाई गायिका रचना रिमालले साथ दिएकी छन् ।

एक प्रेमजोडी बीच हुने माया प्रेम र सुख दुःखको कथा भनिएको गीतमा शंकर के.राईको शब्द छ । गायक खड्काकै संगीत रहेको गीतमा आगा लामाको एरेन्ज छ ।

गीतको भिडियो पनि बनेको छ । जसमा एक प्रेमी प्रेमीकोको गाउँ खोज्दै गएको कथा देखाउन खोजिएको छ । भिडियोमा गायक खड्काको अलवा सुस्मिता श्रेष्ठ, आशिका खड्का, सुमिना श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ ।

पाल्चोकी बुक स्टेशनरीका प्रोपाइटर उद्धव नेपालले निर्माण गरेको भिडियोमा टंक केसीको छायांकन तथा एलपी पाण्डेको सम्पादन तथा निर्देशन रहेको छ ।