नवराजको जाली परदेशी

काठमाडौं । गीतकार नवराज न्यौपानेको नयाँ गीत ‘जाली परदेशी’ श्रोता र दर्शकमाझ आएको छ । आलिफ खान र रचना रिमालको स्वर, राजेन्द्र बजगाईंको संगीत एवम् संगीत संयोजन, मनोज परियारको मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

केशवराज भट्टको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा नवराज न्यौपाने, गरिमा शर्मा र उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । यस्तै भिडियोमा बाल कलाकारमा निवसोन र रिवसोन न्यौपानेको अभिनय छ । लोकलयको सार्वजनिक गीतमा परदेश रहेको प्रेमी र स्वदेशमा रहेकी प्रेमीको कथा बुनिएको छ ।

निशा न्यौपानेले निर्माण गरेको भिडियोमा मानकृष्ण महर्जनको छायांकन र वन्दे प्रसादको सम्पादन रहेको छ । गीतको भिडियोमा ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।