शोभित र जयकिशनलाई चन्द्रागिरी सम्मान

काठमाडौं । नेपाल रेन्बुकाई कराँते–डो संघको आयोजनामा दुवै मृगौला पीडित सुरेन्द्र तामाङको सहयोगार्थ ‘चन्द्रागिरी हिल्स सांस्कृतिक कार्यक्रम २०८०’ राजधानीमा सम्पन्न भएको छ । जेष्ठ नागरिक भवन दिवा सेवाको प्रस्तुति रहेको कार्यक्रममा विभिन्न कलाकारले आफ्नो प्रस्तुति दिएका थिए ।

प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, कलाकार कृष्ण मल्ल, मदनदास श्रेष्ठ, निर्देशक दिनेश राउतलाई सम्मान गरिएको थियो । त्यस्तै राष्ट्रिय आविस्कार केन्द्र, जेष्ठ नागरिक भवन दिवा सेवा, चन्द्र ढकाल, प्रताप सुवेदी, रामशरण महत, उमेशकुमार राजभण्डारी, अर्जुनकुमार बिसी, केशे नयक र अर्जुन खड्कालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा फिल्म ‘धुम ४’का अभिनेता जयकिशन बस्नेत र अभिनेत्री जाह्नवी बस्नेतलाई ‘उत्कृष्ट नायक’ तथा ‘उत्कृष्ट नायिका’को अवार्ड दिइएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याइएका व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको विशेष सहयोगी कृष्णप्रसाद सापकोटा, व्यवस्थापक कुमार भण्डारी र संयोजक हरि महत थिए । निर्देशक शोभित बस्नेतले सहजीकरण गरेको कार्यक्रममा समाजसेवी सरिता खत्रीको विशेष सहयोग थियो ।