ताराले ल्याइन् हे बरै

काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत ‘हे बरै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । किशोर विश्वकर्माको स्वर र संगीत रहेको गीतमा शब्द तारा अधिकारीको रहेको छ ।

गीतकार अधिकारीकै निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा लक्ष्मण विक्रम बस्नेत, रश्मी भट्ट, विनोद सुनार, अनुजा अधिकारी, निमिशा घिमिरेको अभिनय रहेको छ ।

देव पुनको छायांकन रहेको म्युजिक भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् । पुनम चौधरीको मेकअप रहेको छ । म्युजिक भिडियो सुनौलो तारा युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।