तलास २ को छायांकन पुरा

काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्मस् र यल्लीवूड फिल्मस्को संयुक्त लगानीमा निर्माणाधिन फिल्म ‘तलास २’ को छायाङ्कन पुरा भएको छ । दिनेश लिङ्देनको निर्देशन रहेको फिल्म काठमाडौं, झापासहित पूर्वका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ ।

निर्देशक लिङ्देनले फिल्मले हत्या, अपहरण, मानव बेचबिखनको चपेटामा परेका नेपाली महिलाहरुले भोग्नु परेको विषयवस्तु बनाएको बताए ।

फिल्ममा रुद्र पाहिम, पुष्पाञ्जली तिलिङ, शैलेन्द्र नाल्बो, रोहन सेन्चुरी, विमला खजुम, राजकुमार शाह, शर्मिला शर्मा, पुर्ण सेलिङ, तेज मेन्याङबो, सागर केरुङ, दिलिप योङहाङ, दिपेन्द्र नाल्बो, पुर्ण ओझा र राजु घिमिरेको अभिनय छ ।

फिल्ममा विकास चौधरीको सङ्गीत, राजेशपायल राई, मेचु धिमाल, सुवास राईको स्वर, कमल राईको नृत्य, कुमार महर्जनको द्वन्द्व र सुमन योञ्जनको छायाङ्कन छ । सुदिता लिङ्देनको प्रस्तुति रहेको फिल्ममा लिलाराज काम्बाङ सह–निर्माता र शैलेन्द्र नाल्बो निर्माता छन् ।