लन्डनको आईम्याक्स सिनेवर्ल्डमा गोर्खा वारियरको विश्व प्रिमियर

काठमाडौं । फिल्म ‘गोर्खा वारियर’को प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ । त्यहाँ नेपाली फिल्मकै इतिहाँसमा पहिलो पटक यो फिल्म रेड कार्पेट प्रिमियर गर्न लागिएको हो । यो प्रिमियर सन २०२३ सेप्टेम्बर १० आईतबार गरिने आयोजक चाम्स इन्टरटेनमेन्टले जनाएको छ । यो प्रिमियरमा दुई हजार दर्शकलाई फिल्म ‘गोर्खा वारियर’ देखाईने यस फिल्मका निर्माता एवम् निर्देशक मिलन चाम्सले बताएका छन् ।

काठमाडौंमा मंगलबार पत्रकार भेटघाट आयोजना गर्दै निर्देशक मिलन चाम्सले भने,‘नेपाली फिल्मलाई विश्वब्यापी बजारमा पु¥याउने नेपालीहरुले देखेको सपनालाई फिल्म ‘गोर्खा वारियर’ मार्फत अब साकार पारिने भएको छ । नेपालीहरु शाहसीको रुपमा विश्वमा चिनाउन सफल नेपाली गोर्खा सैनिकको बीरगाथामा यो फिल्म आधारित रहेको छ ।’
निर्देशक चाम्सका अनुसार यसरी लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा फिल्म ‘गोर्खा वारियर’लाई रेड कार्पेट प्रिमियर गर्नुको उदेश्य नेपाली फिल्मलाई विश्व बजारमा पु¥याउनु नै हो,‘यो प्रिमियरको खर्च निकै छ । जसबाट एउटा नेपाली फिल्म नै निर्माण गर्न सकिन्छ । तथापि नेपाली फिल्मलाई विश्व बजारमा पु¥याउनका लागि मार्केटिङको यो बाहेक अरु बिकल्प हामीले देखेनौं ।’

हलिउडको ३०० मिलियन अमेरिकी डलरमा बनेका सिनेमा पनि लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा प्रिमियर हुन्छ । नेपाली फिल्मलाई त्यहाँ प्रिमियर गर्न आफुले २० वर्ष अघि देखेको सपना बल्ल पुरा हुन लागेको पनि निर्देशक चाम्सले कार्यक्रममा बताए,‘यो नेपाली फिल्म उधोगकै लागि गौरवको कुरा हो । अर्को तर्फ अन्तराष्ट्रिय बजारमा नेपाली फिल्मलाई पु¥याउनका लागि यो अन्तराष्ट्रिय स्तरकै उपयुक्त विषयबस्तु भएकाले पनि हामीले यो शाहस गरेका हौं ।’

यसरी लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’बाट सुरु भएको फिल्म ‘गोर्खा वारियर’को प्रिमियरलाई सेप्टेम्बर महिना भरी निरन्तरता दिईने भएको छ । तसर्थ सेप्टेम्बर २०२३ लाई ‘गोर्खा वारियर’को प्रिमियर महिनाको रुपमा मनाईने भएको छ । यो फिल्मलाई बेलायतपछि हङकङ, सिँगापुरलगायत विभिन्न देशमा पनि सेप्टेम्बर महिनाभरी प्रिमियर गर्ने तयारी भईरहेको पनि निर्देशक चाम्सले जानकारी गराए । सो पत्रकार सम्मेलनमा बोल्दै कलाकार बिजय लामाले आफुले अहिलेसम्म काम गरेको फिल्म मध्य गोर्खा वारियर सबैभन्दा ठुलो महत्वको फिल्म भएको बताए ।

सन १९४९ को ‘मलाया इमरजेन्सी जँगल वार’मा गोर्खाली सैनिकको शाहसिक युद्धकथालाई यो फिल्ममा उतारिएको छ । फिल्म गोर्खा वारीयर नेपाली, अँग्रेजी र हिन्दी गरी तीन भाषामा रिलिज हुँदैछ । यो फिल्मलाई हलिउडको बितरक कम्पनीले विश्वव्यापी वितरण गर्दै छ । यसको हिन्दी र अँग्रेजी सँस्करण पनि अन्तिम तयारी अबस्थामा छ ।

फिल्म ‘गोर्खा वारियर’को पोष्ट प्रोडक्सनको कार्य यतिबेला भारतको मुम्बई र बेलायतको लन्डन स्थित स्टुडियोमा भईरहेको छ । यो फिल्मलाई हलिउड स्तरको बनाउने प्रयास भईरहेको पनि उनले बताए । यस अघि टिजर रिलिजपछि राम्रो हाईप बनाएको फिल्मलाई अब लन्डनबाट गरिने प्रिमियरले विश्वव्यापी चिनाउने पनि उनले बताए ।

‘वार’ जनरामा निर्माण भएको यो फिल्मबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै ‘गोर्खा वारियर’मा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका विभिन्न कलाकारको अभिनय रहेको छ ।

‘गोर्खा वारियर’मा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रँग सँयोजन रहेको छ । यो फिल्मको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । यो फिल्ममा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो फिल्मको निर्मातामा मिलन चाम्स, सुस्मिता वाइवा, सुमन राई छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।