इश्वर र रचनाको साहुकी छोरी

काठमाडौं । गायक इश्वर पोखरेल र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘साहुकी छोरी’को भिडियो सार्वजनिक भएको छ । गुल्मीको रुपाकोटमा जन्मी बुटवलको मणिग्राममा स्थायी बसोबास गरी २००९ देखी अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका गायक पोखरेलको ‘काली मोरी २’ एल्बममा समावेश गीत सार्वजनिक भएको हो ।

विदेशमै रहे पनि गीत संगीतमा निरन्तर सक्रिय हुँदै आएका गायक पोखरेलले पहिलो औपचारिक गीत २००१ मा ‘जानु प¥यो नि म त लाहुर’ बाट सुरुवात गरेका थिए । उनका करिब २ दर्जन भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । विगतमा गरेका २ सोलो एल्बम ‘शीतल’, ‘अराइज’ हो भने अस्ट्रेलियाबाट सामूहिक गीति एल्बम ‘उडान’ पनि २ वर्ष अगाडि रिलिज गरेका थिए ।

पोखरेलका दर्शक श्रोताले मन पराएका ‘रातो रिबन’, ‘काली मोरी’, ‘तिमी छैनौ त छैन शीतल’, ‘मैले झैं मर्ने बारे सोध्छौ होला’, ‘कति बज्यो भनेर सोधम कि’लगायत गीतहरू हुन् ।
उनले अस्ट्रेलियामा हुने संगीतिक कार्यक्रममा प्रस्तुतसँगै विभिन्न सांगीतिक कार्यक्रमको आयोजना पनि गदै आइरहेका छन् । उनले गाएका पछिल्ला आफ्ना गीत संगीतहरु आफ्नै युट्युब च्यानलबाट रिलिज गरिरहेका छन् ।

‘साहुकी छोरी’ गीतमा शिव पलान अधिकारीको शब्द, एस डी योगीको संगीत, रिकेश गुरुङको एरेन्ज रहेको छ । भिडियोमा कमल सिंह, ललना चिमरिया र प्रकाश घिमिरे फिचर्ड छन् । मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा नवीन घर्ती मगरको सम्पादन, बुद्ध थापाको छायांकन छ ।