ड्रेस टु इम्प्रेसमा चार डिजाइनर उत्कृष्ट

काठमाडौं । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले राजधानीमा हालै आयोजना गरेको ‘ड्रेस टु इम्प्रेस सिजन–८’मा अन्जुमान बानो ‘बेस्ट आउट अफ बेस्ट’ बनेकी छन् । इन्टेरियर डिजाइनमा फेसन डिजाइनिङ सम्बन्धी ६ महिने कोर्ष पूरा गरेका १ सय ३३ जना डिजाइनरहरुबीच भएको प्रतिस्पर्धामा अन्जुमानसहित चार डिजाइनर उत्कृष्ट भए ।

चारवटा थिममा गरिएको प्रतिष्पर्धा अन्तर्गत ‘फाइभ सिजन’मा ममता राई, ‘फाइभ इलिमेन्ट’मा करुणा अर्याल, ‘बोल्ड एसेसरिज’मा दमायन्ती अधिकारी उत्कृष्ट भए । चारैजना विजेताले जनही १५ हजार रुपैंयाँ, बज्र फिटनेस र केज फिटनेसको तर्फबा गिफ्ट ह्याम्पर पाए ।

डिजाइनरका विद्यार्थीबीच हुने ‘ड्रेस टु इम्प्रेस’मा सदाझैँ यस पटकमा समूहगत प्रतिस्र्धा भएको थियो । डिजाइनिङ र मोडलिङको कम्बिनेशन गर्न आईआईएफटीले ‘ड्रेस टु इम्प्रेस’ आयोजना गर्दै आएको छ । जसमा डिजाइनर आफैंले तयार पारेको पहिरनमा प्रस्तुत हुने गरेका छन् ।

कार्यक्रममा कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, निभा श्रेष्ठ, महेश महर्जन, रमिला नेमकुल, रिया महर्जन, निशा श्रेष्ठ, पूर्वमिस नेपाल जेनिशा मोक्तान, उद्यमी कृष्णराज तिमल्सिना र रुपेश प्रधान निर्णायक थिए ।

आईआईएफटीका प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार ‘ड्रेस टु इम्प्रेस’ आईआईएफटीको नियमित कार्यक्रम हो । आईआईएफटीका विद्यार्थीको क्षमता अभिबृद्धिका लागि डिजाइनिङ प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’ सुरुवात गरिएको प्रबन्धक निर्देशक शेर्पाले बताए ।

काठमाडौंको बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा र ललितपुरको कुमारी पाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङसँग इन्टेरियर कोर्ष अध्यापन गराउँदै आएको छ । अहिलेसम्म आईआईआएफटीबाट हजारौंको संख्यामा फेसन डिजाइनर उत्पादन भइसकेको शेर्पाको भनाइ छ ।