फनफनीमा आर्यन अधिकारी अनुबन्धित

काठमाडौं । फिल्म ‘बुलाकी’ फेम्ड निर्देशक लक्ष्मण सुनारको निर्देशनमा रहने नयाँ फिल्म ‘फनफनी’मा अभिनेता आर्यन अधिकारी अनुबन्धित भएका छन् । तिहारपछि फ्लोरमा जाने फिल्ममा केही दिनअघि मात्र आर्यन अनुबन्धित भएका हुन् ।

कमेडी तथा पारिवारिक कथामा निर्माण हुने फिल्ममा हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरी निर्माता छन् ।

निर्देशक सुनारले बाँकी कलाकार तथा प्राविधिक चाँडै फाइनल गरेर औपचारिक रुपमा फिल्म निर्माणको घोषणा गरिने बताए । फिल्मको छायांकन नेपाल, भारत र अष्ट्रेलियामा हुनेछ ।