चोया छपनीमा विल्सन र अनुषा

काठमाडौं । विल्सनविक्रम राई र अनुषा राईको अभिनय रहेको म्युजिक भिडियो ‘चोया छपनि’ रिलिज गरिएको छ । इलाम र झापामा छायांकन गरिएको म्युजिक भिडियो तक्मेबुढा डटकमबाट रिलिज गरिएको हो ।

विल्सन विक्रम राई अहिले अमेरिकामा छन् । उनी केही दिनमा किरण नेपालीले निर्माण गर्ने फिल्म ‘हात्तीछाप’को छायांकनको लागि नेपाल आउँदैछन् । आइतबार सार्वजनिक म्युजिक भिडियोमा अभिनेता विल्सनकै शब्द तथा तोरेम्पाहाङ राईको संगीत छ । गीतमा राजेन्द्र चोङ्गबाङ र सबिना योङ्गहाङ लिम्बुको स्वर छ ।

विश्व लिम्बुको पनि अभिनय रहेको गीतको भिडियोमा विल्सनकै निर्देशन छ । गीतमा अशोक मण्डलको मेकअप, निपेश राईको प्रोडक्सन, कमल राईको कोरियोग्राफी, हेमन योञ्जनको छायांकन, मनोज कार्कीको सम्पादन, कलर तथा जिएफएक्स रहेको छ ।