मेरो घाउले मैलाई दुख्छमा प्रकाश सपुत

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दको राष्ट्रिय गीत ‘मेरो घाउले मैलाइ दुख्छ, तिम्रोले तिमीलाई’ सार्वजनिक भएको छ ।

गीतमा सत्यराज आचार्यको स्वर, वसन्त सापकोटाको संगीत, उदयराज पौडेलको एरेन्ज छ ।

भिडियोमा प्रकाश सपुत र बालकृष्ण ओलीको अभिनय छ । गीतले राष्ट्र परिवर्तनको लागि सशक्त आवाज उठाएको छ ।

भिडियोमा अभिनेत्री सुरक्षा पन्तको कन्सेप्ट, मानव सुबेदीको सम्पादन र निर्देशन तथा सौगात धितालको छायांकन छ ।