सुवर्णको प्यारो जीवन साथी

काठमाडौं । गायिका सुवर्ण सुवेदी नकर्मीको स्वरमा रहेको गीत ‘प्यारो जीवन साथी’को लोकार्पण गरिएको छ । ललितपुरमा कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो ।

चाँदनी सुवेदी बोल्टोलको प्रस्तुति रहेको गीतमा गीतकार बालकृष्ण सजीवको लेखन, राजु सिंहको संगीत छ । चाँद सिंहको संगीत संयोजन रहेको गीतमा गोविन्द सोनीको मिक्सिङ र माष्टरिङ रहेको छ भने एसबी मुस्कानको रेकर्डिङ छ । जसकेलो क्रियशनले निर्माण गरेको गीतको भिडियोमा धन खालिङको छायांकन र सम्पादन, श्री थापाको लाइट र अप्सरा चाम्लिङको मेकअप रहेको छ ।

अर्जुनबहादुर सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अतिथिहरूले नयाँ गीतका लागि गायिका सुवर्णलाई बधाई तथा शुभकामना दिएका थिए । भजन गायनमा आफूलाई संलग्न गराउँदै आएकी सुवर्णले धेरै गीत गाएको भए पनि उनको यो औपचारिकरूपमा पहिलो गीत सार्वजनिक भएको हो ।

सुरजवीरु बज्राचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा राजु सिंह, बालकृष्ण सजीव, सङगीतकार मनराजा नकर्मी, मदनकृष्ण श्रेष्ठ, उमा श्रेष्ठ ‘हिमा’ लगायतले आ-आफ्नो भनाई राखेका थिए ।