मिस वर्ल्ड टुरिजममा श्रीलंका जाँदै सजिना

काठमाडौंँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले श्रीलंकाको कोलम्बोमा आयोजना हुने ‘मिस वर्ल्ड टुरिजम’मा नेपालको प्रतिनिधित्व गर्न लागेकी सजिना खनाललाई बधाई तथा सफलताको शुभकामना दिएका छन् । खनाललाई मन्त्रालय बोलाएर ‘मिस वल्र्ड टुरिजम’मा नेपालको पर्यटन प्रचार गर्न सुझाउदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचन समेत दिए ।

मन्त्री किरातीसँगको भेटमा खनालले प्रतियोगीताका सबै बिजेतालाई नेपाल भ्रमणको निम्तो आफुले दिने जानकारी गराइन् ।

त्यस्तै खनालले बुधबार खानेपानी मन्त्री महिन्द्र राय यादवलाई पनि भेट गरेकी छन् । मन्त्रालयमा भएको भेटमा सजिनालाई मन्त्री यादवले अन्तराष्ट्रिय क्षेत्रमा नेपाल चिनाउन सफलता मिलोस् भन्दै शुभकामना दिएका छन् । ‘नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय कार्यक्रममा जानु भनेको एउटा गौरवको बिषय हो । तपाई जुन उदेश्यले सहभागी हुन लाग्नु भएको छ । सफलता अवश्य मिल्नेछ’ मन्त्री यादवले भने ।

श्रीलंकाको कोलम्बोमा १२ दिन आयोजना हुने ‘मिस वर्ल्ड टुरिजम’मा भाग लिन सल्लाहिकी २२ बर्षिया सजिना बिहिबार त्यसतर्फ उड्नेछिन् । इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वल्र्ड टुरिजम नेपाल’ उपाधि सहित उनलाई उक्त प्रतियोगीतामा पठाउन लागेको हो ।

३५ देशको सहभागीता रहने प्रतियोगीता सजिना नेपालको एक्लो प्रतिनिधि हुन् । नेपालको प्रर्यटन प्रवद्र्धनका लागि आवश्यक बिभिन्न प्रशिक्षण सहित उनलाई प्रतियोगीतामा आफुले पठाउन लागेको इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्ट नेपालका सिइयो धिरज तण्डुकारले बताए ।