सरितालाई मिसेस तामाङ २०२३ उपाधि

काठमाडौं । ‘मिसेस तामाङ २०२३’को ताज सरिता तामाङले जितेकी छिन् । राजधानीमा हालै भएको प्रतिश्पर्धामा सरिताले अन्य १२ प्रतिश्पर्धीलाई पछि पार्दै ‘मिसेस तामाङ २०२३’को ताज जितेकी हुन् । उनले भ्यूअर च्वाइस, पब्लिक च्वाइस, फोटोजेनिक र लिडरशीपसमेतको उपाधि जितिन् ।प्रतियोगिता आयोजना एसके इन्टरटेनमेन्ट प्रा।लि।ले गरेको हो । कानून, न्याय तथा संघीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख अतिथ्यतामा राष्ट्रिय नाचघरमा सफलतापूर्वक प्रतियोगिता सम्पन्न भएको थियो ।

अन्तिम प्रतिश्पर्धाको निर्णायकहरुमा बरिष्ठ गायक आनन्द कार्की, गायक विश्व दोंग, गायक रोशन तामाङ, ब्यबसायिक मेकअप आर्टिष्ट टेकराज पाण्डे, रमला पाख्रिन, गायिका समाजसेवी तथा फेशन डिजाइनर सोनिका लामा रहेका थिए ।

प्राप्त अनुसार फष्ट रनर दुर्गा तामाङ बनिन् । उनले फेसपुक च्वाइस पपुलर र ईणॅटेलिजेण्टको उपाधिसमेत जितिन् । यस्तै सेकेण्ड रनर अप सुस्मिता तामाङ, थर्ड रनर अप मिना तामाङ र फोर्थ रनर अप मनिषा तामाङ बनिन् ।
यसैगरी मिसेस तामाङ अनेष्टको उपाधि मनिषा, फ्रेण्डशीपको उपाधि शुष्मिता , डिसिप्लिनको उपाधि सर्मिला, स्माइलको उपाधि मोनिका, हार्ड वर्किंगको उपाधि इचुला र मिसेस एक्टिभको उपाधि देउतीले तामाङले जितिन् ।
बिजयी प्रतिश्पर्धीहरुलाई ट्रफी र प्रमाणपत्रलगायतले पुरस्कृत गरिएको थिए ।

प्रतियोगिताको विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन पाउने तथा चलचित्र, म्युजिक भिडियोमा समेत सहभागिता जनाउन पाउने आयोजक एसके इन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक शान्ता तामाङले जानकारी दिइन् ।