काले केटालेमा ऐचो पैंचो ठुम्का

काठमाडौं । आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ऐंचो पैंचो’को पहिलो गीत ‘काले केटाले’ रिलिज भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतमा आशीष अविरल र अस्मिता अधिकारीको स्वर तथा एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत तथा एरेञ्ज छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशील सिटौला, कोशिस क्षेत्री, राजाराम पौडेल र एलेक्स विक(पारस) फिचर्ड छन् । कृषा चौलागाईको निर्देशनमा निर्माण भएको गीत रिलिज कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराई प्रमुख अतिथी थिए ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।