हिँड्दा हिँड्दै ट्रेलरमा दोस्ती, प्रेम र धोका

काठमाडौं । प्रेमकथानक फिल्म ‘हिँड्दा हिँड्दै’ को ट्रेलर सार्वजनिक भएको छ । भदौ १ गते प्रदर्शन हुने फिल्मको करिब दुई मिनेट ५२ सेकेण्ड लामो ट्रेलर मंगलबार डिएआर मुभिजमार्फत रिलिज गरिएको हो ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा मिलन आले मगर निर्देशित ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ र नवअभिनेत्री रेखा शाहबीच प्रेम र बिछोडसँगै अभिनेता सलोन बस्नेत र आकाशको दोस्तीलाई देखाइएको छ ।

सुशील पंगेनीको लेखन र निर्माणमा बनेको फिल्ममा सानिया खान, विमल श्रेष्ठ, भोला सापकोटा, विशाल श्रेष्ठ, विकास थापा मगर र बाल कलाकार अर्विन थिङ्गको पनि अभिनय छ ।

विमल श्रेष्ठको प्रस्तुति रहेको फिल्ममासुमन तण्डुकारको छायांकन, ताराप्रकाश लिम्बु र किरण माइकलको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी तथा देव महर्जनको द्वन्द्व छ ।

राज लामा निर्माता रहेको फिल्मको सहनिर्मातामा प्रमोदकुमार तामाङ र महादेव साह छन् । गौतमराज खड्काले सम्पादन गरेको फिल्मको कलर ग्रेडिङ समीर मियाँले गरेका हुन् । फिल्म आरआर फिल्मस्ले वितरण गर्नेछ ।