यौन मनोविज्ञानमा जुलेबी ट्रेलर

काठमाडौं । आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जुलेबी’को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट लामो ट्रेलर यौन मनोविज्ञानमा केन्द्रीत छ । लेखक तथा निर्देशक गणेश देव पाण्डेले फिल्मका पात्रहरुलाई रत्नपार्के जोड्ने बताए ।

‘फिल्मको कथा सात जना पात्रहरुको सम्बन्धको वरिपरि घुमेको छ। फिल्म मेरो आफ्नो जीवनको भोगाइबाट उत्पन्न भएको कथा हो।’ उनले भने ।

चार महिला पात्रको कथा रहेको फिल्मको निर्माता पनि महिला नै हुन्। महिलाले भोग्ने सम्बन्धको कथा नै फिल्मले बोल्ने निर्माता आभा शर्मा नेपालले बताइन्।

कार्यकारी निर्माता नवीन भट्ट रहेको एन्थोलोजी जनरामा बनेको फिल्म फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षितलगायतको अभिनय छ ।

फिल्ममा विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको फिल्मको डिजिटल अधिकार डिएआर मुभिजले खरिद गरेको छ।